काठमाडौं, पुस २२ । काठमाडौंमा जारी नेपाल टी-२० लिगमा देखिएको विवाद र घटनाक्रमबारे बुझ्न बुधबार बेलुकी आईसीसीको टोली नेपाल आएको छ । आईसीसी प्रतिनिधिले बिहीबार दिउँसो राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेको छ ।
यसअघि टोलीले विमानस्थलबाट सोझै कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा निरीक्षण गरेको थियो । त्यसपछि सहभागि टोलीका प्रतिनिधिसँग भेट गर्दै आवश्यक रिपोर्ट लिएको थियो ।
यस्तै टोलीले क्रिकेट प्रतियोगिताबारे छानबिन गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग पनि भेटघाट गरेको क्यान स्रोतले जानकारी दिएको छ । त्यसपछि सहभागी टोलीका प्रतिनिधिसँग भेट गर्दै आवश्यक रिपोर्ट लिएको थियो । टोलीले भेट गर्ने क्रममा प्रतियोगिताको एन्टी करप्सन युनिट (एसयू), अम्पायर र खेलाडीसँग भेट गरेको थियो ।
नेपाल टी-२० लिगमा खेल मिलेमतो र ‘स्पट फिक्सिङ’ को गतिविधि भएको चर्चा सञ्चारमाध्यममा आएपछि आईसीसीले दुई सदस्यीय टोलीलाई नेपाल पठाएको थियो ।