काठमाडौं, पुस २४ । साताको पहिलो कारोबार दिन आइतबार नैं नेप्से उच्च अंकले बढेको छ । नेप्से आज २० दशमलव ५५ अंकले बढेर २१ सय ६४ दशमलव ४८ अंकमा पुग्दा सेन्सिटिभ पनि चार सय ११ दशमलव २३ अंकमा पुगेको छ । दुई सय ५९ वटा कम्पनीहरुको ७५ हजार चार सय ६५ पटकको कारोबारमा एक करोड ४१ लाख नौ सय ८८ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम पाँच अर्ब ४५ करोड ९९ लाख २५ हजार एक रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा तीन वटा समुहहरुले गुमाएका छन् भने १० वटा समुहले कमाएका छन् । सो मध्ये वाणिज्य बैंक, लघुवित्त र उत्पादनमूलक समुहको सूचक पनि घटेपनि विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरूको सूचक पनि बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज प्रभु लाइफ इन्स्योरेन्स कम्पनी, खप्तड लघुवित्त वित्तीय संस्था, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने बोटलर्स नेपाल लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रो पावर लिमिटेड आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, रिडी हाइड्रो पावर कम्पनी, अपि पावर लिमिटेड आदि परेका छन् ।