पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं, पुस २४। सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
आइतबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । योसँगै अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजेल र मट्टीतेल प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ ।
यस्तै वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाइएको छ भने आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाइएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९ २०:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय