पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टिम दोस्रो
काठमाडौं, पुस २५ । पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा नेपाली टिम दोस्रो भएको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।
पब्जी विश्वकप अन्तर्गतको फाइनलमा दोस्रो स्थान प्राप्त गरेको डीआरएस गेमिङले उपाधी स्वरूप २ लाख २० हजार अमेरिकी डलर (करिब तीन करोड रुपैयाँ) जितेको छ ।
यससँगै पीएमजीसी २०२२ को उपाधि टर्कीको पब्जी टिम एसटूजी ई-स्पोर्टसले जितेको छ । एसटूजीले कूल १९० पोइन्ट ल्याएको छ । एसटूजी ई-स्पोर्टसले चार लाख २० हजार अमेरिकी डलर (करिब पाँच करोड पचास लाख रुपैयाँ) जितेको छ ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९ १०:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय