Kath khabar
भारतमा भएको बस दुर्घटनामा ३ नेपालीको मुत्यु, १४ जना घाइते


             काठमाडौं, पुस २५ । भारतको गुजरातबाट कैलालीको टिकापुर आउदै गरेको बस गएराति लखनउदेखि झण्डै ३० किलोमिटर नेपालतर्फको दुरी उत्तराखण्ड प्रदेशस्थित उन्नाउमा दुर्घटना हुँदा ३ नेपाली र एक भारतिय सहित ४ जनाको मृत्यु भएको छ । ६६ यात्रु सवार रहेको उक्त बसमा १४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा टीकापुर नगरपालिका क्षेत्रका ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललीत साउद र २० वर्षीया निर्मला बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले बताए । बस ट्रकसँग ठोक्किएर दुर्घटना भएको जोशीले जानकारी दिए ।

घटनाको थप विवरण आउन बाँकी छ, उक्त दुर्घटनामा अन्य नेपाली यात्रु घाइते भएको हुनसक्ने बताइएको छ ।

 

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update