काठमाडौं, पुस २५ । नेप्से उच्च अंकले बढेको छ । आज सोमबार नेप्से ४६ दशमलव ७६ अंकले बढेर २२ सय ११ दशमलव ३८ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ पनि आठ दशमलव ६१ अंकले बढेर चार सय १९ दशमलव ८४ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरुको ७४ हजार पाँच सय ४३ पटकको कारोबारमा एक करोड ४६ लाख ७६ हजार दुई सय छ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम पाँच अर्ब ३१ करोड ४३ लाख सात हजार आठ सय ५३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा होटल तथा पर्यटन समुहको सूचक घटेर वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, जलविद्युत, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुह सहितका १२ वटा समुहहरूको सूचक बढेर हरियो भएका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज दिव्येश्वरी हाइड्रो पावर कम्पनी, छ्याङदी हाइड्रो पावर कम्पनी, जोशी हाइड्रो पावर कम्पनी, खप्तड लघुवित्त वित्तीय संस्था, घलेम्दी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने स्वाभिमान लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रो पावर लिमिटेड, फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संंस्था आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने रिडी हाइड्रो पावर कम्पनी, शिवम् सिमेन्ट, न्यादी ग्रुप पावर लिमिटेड आदि परेका छन् ।