प्रतिनिधि सभाको बैठक दिउसो १ बजेको लागि सर्यो
काठमाडौं, पुस २६। आज (मंगलबार) बिहान ११ बजे निर्धारित प्रतिनिधि सभाको बैठक दुई घण्टा पछाडि दिउँसो १ बजेलाई सरेको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम रहेको छ।
नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको अनुमान छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक लम्बिएकाले संसदीय दलको बैठकसमेत बस्न सकेको छैन । कांग्रेसले यो बैठकबाट प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने छ ।
त्यस्तै एकीकृत समाजवादीको आजै बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई सर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९ १०:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय