Kath Khabar
नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास सुरु



               काठमाडौं, पुस २६ । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास सुरु भएको छ । छाउनीस्थित श्री महावीर योजना तथा समन्वय महाशाखामा मङ्लबारदेखि नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास एक्स टेक नेल २३–३०११ को शुभारम्भ भएको हो ।

विशेष फौज बाहिनीपति सहायक रथी भुवन खत्रीको उपस्थितिमा सोमबार शुभारम्भ भएको उक्त संयुक्त अभ्यासमा नेपाली सेनाका ४५ जना तथा अमेरिकी सेनाका १९ जनाको सहभागिता रहेको छ । २०७९ माघ २० गतेसम्म संचालन हुने यस अभ्यासमा हाई एङ्गल रेस्क्यु, कम्ब्याट सर्च एण्ड रेस्क्यु, एयर क्राफ्ट रेस्क्यु, हाई अल्टिच्युड र अल्पाइन रेस्क्यु र स्वीफ्ट वाटर रेस्क्यु जस्ता विषयहरू समावेश छन् । छाउनी र नगरकोट इलाकामा संचालन हुने उक्त अभ्यासको यो १२ औं संस्करण हो ।

यस किसिमको संयुक्त अभ्यासबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजमा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार सम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धि हुनुको साथै दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update