Kath khabar
प्रभु बैंक र सेञ्चुरी बैंकद्धारा एकीकृत कारोबार सुरु


           काठमाडौं, पुस २६ । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले एकीकृत कारोबार सुरु गरेका छन् ।

प्रभुले सेञ्चुरीलाई प्राप्ति गरी आज मङ्गलबारदेखि प्रभु बैंक लिमिटेडको नाउँबाट एकीकृत कारोबारको शुभारम्भ गरेको हो । एकीकृत कारोबारको शुभारम्भ प्रतिनिधि सभा सदस्य समेत रहेका बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचनले गरेका हुन्।

एकीकृत कारोबार पश्चात प्रभु बैंक सञ्चालक समितिको अध्यक्ष पदमा लिला प्रकाश सिटौला रहेका छन् भने बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा प्रभु बैंककै अशोक शेरचन रहेका छन् । एकीकृत कारोबार पश्चात बैंकको चुक्ता २३ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । यसैगरी बैंकको कुल सम्पत्ति तीन खर्ब ४० अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ भने कुल निक्षेप दुई खर्ब ८४ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । एकीकृत कारोबार पश्चात बनेको प्रभु बैंकको कुल कर्जा रकम भने दुई खर्ब ५३ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ ।

एकीकृत कारोबार पश्चात सबै क्षेत्रमा गरी तीन सय ६५ वटा शाखा, तीन सय नौ वटा एटिएम काउन्टर र ७२ वटा एक्सटेन्सन काउन्टर पुगेको छ । यसैगरी बैंकको कुल ग्राहक संख्या ३० लाख भन्दा बढी पुगेको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update