काठमाडौं, पुस २६ । नेप्से घटेको छ । अघिल्लो दिन ४७ अंकले बढेको नेप्से आज मंगलबार २१ दशमलव ३५ अंकले घटेर २१ सय ९० दशमलव ४२ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ७५ अंकले घटेर चार सय १९ दशमलव १६ अंकमा झरेको छ ।
नेप्सेमा दुई सय ५४ वटा कम्पनीहरुको एक लाख ९९ हजार ६७ पटकको कारोबारमा दुई करोड आठ लाख ४३ हजार नौ सय ५२ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम सात अर्ब ६५ करोड ८८ लाख २३ हजार पाँच सय ७९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक र सामूहिक लगानी कोष समुहको सूचक पनि बढेको भने विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य ट्रेडिङ सहितका ११ वटा समुहहरूको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज बलेफी हाइड्रो पावर कम्पनी, वीन लघुवित्त वित्तीय संस्था, जोशी हाइड्रो पावर कम्पनी, दिव्येश्वरी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने तारागाउँ रिजेन्सी होटल, कृषि विकास बैंक, मैलुङ खोला जलविद्युत कम्पनी, स्वेत गंगा हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने न्यादी ग्रुप पावर लिमिटेड, कृषि विकास बैंक, डिप्रोक्स लघुवित्त वित्तीय संस्था आदिको बढी रकम कारोबार भएका छन् ।