Kath khabar
कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा सुरक्षित छ : उपसभापति पूर्णबहादुर खड्का


                            काठमाडौं, पुस २६ ।  नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टीले अहिलेको परिस्थितिको मूल्याङ्कन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताउनुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापित खड्काले यस्तो बताउनुभएको हो । उहाँले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि परिस्थितिको मूल्याङ्कन गरेर नै सरकारको समर्थन गरेको र अहिले पनि विशेष परिस्थिति रहेका कारण सरकारको समर्थन गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि हामी प्रमुख प्रतिपक्षमा थियौँ । त्यो बेला पनि त्यसबेलाको परिस्थितिलाई ध्यानमा राखेर हामीले विश्वासको मत दिएका थियौँ । त्यहीअनुसार यस पटक पनि देशको परिस्थितिको ध्यान राख्दै, परिस्थितिलाई बुझेर, हामीले विश्वासको मत दिएको हो ।’ 

उपसभापति खड्काले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा सुरक्षित रहेको पनि बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update