काठमाडौं, चैत ३१ इन्डियन प्रिमियर लिग आइपिएलमा किंग्स इलाभेन पञ्जावले राजेश्थान रोयल्समाथि चार रनको रोमाञ्चक जित हात पारेको छ ।
वांखेडे क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभर ६ विकेट गुमाइ २ सय २१ रनको विशाल योगफल बनाएको थियो । पहिलो विकेट २२ रनमा गुमाएपनि त्यसपछि भने सम्हालिएको प्रदर्शन गरेको पञ्जावका लागि केएल राहुलले ९१ रनको अर्धशतकिय पारी खेले । उनले ५० बलमा सात चौका र पाँच छक्का प्रहार गरेका हुन् । यस्तै दिपक हुडाले ६४ , क्रिश गेलले ४० रनको योगदान गरे । बलिङ तर्फ चेतन सकारियाले तीन, क्रिश मोरिसले दुइ तथा रियान परागले एक विकेट लिए । जवाफमा दुइ सय २२ रनको विशाल लक्ष्य पछाएको राजेस्थान निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुइ सय १७ रनमा समेटियो । उसका लागि सञ्जु सामशनले एक सय १९ रनको शतकीय पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । अन्तिम ओभरको अन्तिम बलमा जितका लागि ६ रनको आवश्यक हुँदा सामशन गरेको ठुलो प्रहारमा हुडाले क्याच आउट गरिदिएपछि राजेश्थान जितको नजिक पुगेर पनि खाली हात फर्किएको हो । ६३ बलको सामना गरेका उनले १२ चौका र सात छक्का प्रहार गरेका थिए । बलिङ तर्फ अर्शदिप सिंहले तीन र मोहम्मद सामीेले दुइ विेकट लिए। आज प्रतियोगिताको पाँचौ खेलमा कोलकत्ता नाइट राइडर्स र मुम्बइ इन्डियन्स भिड्नेछन् । खेल नेपाली समयअनुसार चिडाम्बरम रंगशालामा हुनेछ ।