Kath khabar
युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्ज हुने


                काठमाडौं, पुस २८ । युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनी मर्ज हुने भएका छन् । दुबै कम्पनीहरुले मंगलबार गाभ्ने, गाभिने अर्थात मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सहमति पत्रमा युनाइटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक रविन्द्रराज पन्त र अजोड इन्स्योरेन्सको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक चिरञ्जीवी द्धाले हस्ताक्षर गर्नुभएको छ । दुबै संस्था एकआपसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी रहने सहमति भएको छ ।  


 

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update