Kath khabar
माछापुच्छ्रे बैंकले ल्यायो एस.एम.एस प्रमाणिकरण प्रविधि


                 काठमाडौं, पुस २८ । डिजिटल बैङ्किङ क्षेत्रमा नयाँ आयामहरु थप गर्दै आएको माछापुच्छ्रे बैंकले आफ्नो मोबाइल बैङ्किङ एप एम.बि.एल एम स्मार्टलाई अझ बढि सुरक्षित र भरपर्दो बनाउने उद्देश्यका साथ नयाँ प्रविधि थप गरेको छ ।

बैंकले पछिल्लो समय मोबाइल बैङ्किङ एप मार्फत देखिएका विभिन्न शंकास्पद गतिविधिहरू र अनधिकृत कारोबारहरू कम गर्न र ग्राहकलाई सुरक्षित राख्न आफ्नो मोबाइल बैङ्किङ एप एम.बि.एल एम स्मार्टमा नेपाल मै पहिलोपटक उच्च सुरक्षा सतर्कताका साथ एस.एम.एस प्रमाणिकरण प्रविधि थप गरेको हो ।  

मोबाइल बैङ्किङमा हाल ओटिपि सेयर मार्फत सबैभन्दा धेरै अनधिकृत कारोबारहरू भइरहेको पाइएको छ । विभिन्न लक्की ड्र, ठुलो रकमको चिठ्ठा परेको लगायतका प्रलोभन देखाएर आफ्नो मोबाइलमा प्राप्त हुने ओटिपि सेयर गर्न लगाई ह्याक्रहरुले ठुलो मात्रामा अनधिकृत कारोबारहरू गरिरहेको पाइएको अहिलेको समयमा उक्त समस्यालाई रोक्नका लागि आफ्नो एपमा नयाँ प्रविधिको सुरुवात गरेको हो । बैंकले यस प्रविधिको सुरुवात गरे सँगै ग्राहकबाट ओटिपी प्राप्त गरी मोबाइल बैङ्किङमा पहुँच प्राप्त गर्ने सम्भावना बन्द भएको छ । बैंकले यो सेवा थप गरेसँगै बैंकका ग्राहकहरूको मोबाइल बैङ्किङ सेवा थप सुरक्षित र भरपर्दो बन्न पुगेको छ ।

स्मार्ट बैंकको रुपमा बैंकले आफ्ना ग्राहकहरूलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यमहरू प्रदान गर्दै आएको र विभिन्न बैङ्किङ सुविधाहरू प्राप्त गर्न बैंकको कार्यालय सम्म पुग्नै नपर्ने गरी सेवा प्रदान गरिरहेको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update