काठमाडौं, पुस २८ । नेप्से उच्च अंंकले घटेको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से एकैदिन ४१ दशमलव दुई अंकले घटेर २१ सय ४९ दशमलव ४१ अंकमा सिमित हुन पुगेको छ ।
यसैगरी सेन्सिटिभ पनि सात दशमलव ८९ अंकले घटेर चार सय ११ दशमलव २५ अंकमा सिमित हुन पुगेको छ । आज दुई सय ५२ वटा कम्पनीहरुको ८३ हजार एक सय १३ पटकको कारोबारमा एक करोड ४४ लाख ८२ हजार नौं सय ५९ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम पाँच अर्ब ४७ करोड ७६ लाख २४ हजार सात सय २४ रुपैंयाँ पुग्न सफल भएको छ ।
नेप्सेमा आाज १३ वटा समुहहरुको कारोबार भएको मध्ये ट्रेडिङ समुहको सुचक बढेर वाँणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य सहितका १२ वटा समुहहरुको सुचक घटेर रातै भएका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज कुमारी धनबृद्धि योजना, बाराही हाईड्रो पावर कम्पनी, लिर्वर्टी इर्नर्जी कम्पनी, मध्य भोटेकोशी जलबिद्युत कम्पनी आदिको शेयर मुल्य बढेका छन् भने गुराँस लघुवित्त वित्तीय संस्था, कालिका पावर लिमिटेड, इष्र्टन हाईड्रो पावर कम्पनी, मानुषी लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट न्यादी ग्रुप पावर लिमिटेड, रिडी हाईड्रो पावर कम्पनी आदि परेका छन् ।