अपराध
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
सञ्जय पासीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
रूपन्देही, माघ २ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २६ वर्षीय सञ्जय पासीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
हिजो (आइतबार) दिउँसो मर्चवारी गाउँपालिका-४ महादेही बस्ने २६ वर्षीय सञ्जय पासीलाई ईलाका प्रहरी कार्यालय मझगावाबाट खेटेको प्रहरीले पक्राउ गरेको हो ।
पासीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, माघ २, २०७९ १४:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय