Kath khabar
सन्दिपले बेलायती काउन्टी क्रिकेट टी ट्वान्टी ब्लास्ट  गुमाउने सम्भावना उच्च

काठमाडौं, जेठ २२ । नेपाली युवा  लेग स्पिनर सन्दिप लामिछानेले बेलायतको काउन्टी क्रिकेट प्रतियोगिता टि-ट्वान्टी ब्लाष्टमा सहभागिता नजनाउने लगभग निश्चित भएको छ ।

अगामी जुन ९ देखि बेलायतमा आयोजना हुने हुने क्रिकेट लिगमा सन्दिपलाई ओस्टुसार  क्लबले अनुबन्ध गरेको थियो । तर बेलायतले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिमको देश रहेका भन्दै रेड लिस्टमा राखेको छ । बेलायतको  कोभिड नियम अनुसार सन्दिपले तेस्रो मुलुकमा  १४ दिन  अनिवार्य  क्वारेन्टिन बस्नुपर्ने छ । त्यो समयमा उहाँले  लिगका ६ देखि सात खेल गुमाउने भएकाले  क्लबले रिलिज गर्ने सम्भावना बढेको हो । क्लबले उहाँको स्थानमा अन्य खेलाडी पनि हेरिरहेको बताएको राष्ट्रिय क्रिकेट टिमका पुर्व व्यवस्थापक रमन सिवाकोटीले बताउनु भयो ।

सन्दिपको भिसा हिजो मात्र आएको हो । दुई साता अघि आएको भए प्रतियोगिता भ्याउने सम्भावना बढि हुन्थ्यो । तर अन्य क्लबले अनुबन्ध गरेमा अन्तिम केही खेलमा भने उहाँको सहभागिता रहन सक्ने सम्भावना हुनेछ । तर अहिले सम्म अन्य क्लबले भने चासो देखाएका छैनन् ।  प्रतियोगिता छुटेको संकेत गर्दै सन्दिपले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट धेरै ढिलो भएको लेख्नुभएको छ । तर द हन्ड्रेड क्रिकेट प्रतियोगितामा भने उहाँको सहभागिता रहनेछ । जुलाइमा हुने सो  प्रतियोगितामा उहाँले ओभल इन्भिसिवलबाट खेल्नु हुनेछ ।

 

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update