पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली, भोलि पश्चिम नेपालका केही ठाउँमा हल्का पानी पर्ने
काठमाडौं, माघ ४ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाकाले जनाएको छ ।
राती भने पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९ ०९:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय