दुर्घटना
आगोले जलेर २ जनाको मृत्यु
आफ्नै घरमा गत पुस २७ गते आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर जल्दा गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पताल काठमाडौं उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
काठमाडौं, माघ ४ । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका-४ हरियाली बस्ती बस्ने ८० वर्षीया तारादेवी पराजुलीको आगोले जलेर मंगलबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा आगो ताप्ने क्रममा शरीरमा आगो सल्किएर जल्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
बाराको कलैया उपमहानगरपालिका-१२ धर्मनगर बस्ने ३५ वर्षीया लालसा देवी काईरिनको आगोले जलेर गएराति मृत्यु भएको छ । आफ्नै घरमा गत पुस २७ गते आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर जल्दा गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पताल काठमाडौं उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९ १४:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय