काठमाडौं, माघ ५ । नेपाल राष्ट्र बैंकले तोकिएको निर्देशन पालना नगरेको भन्दै ६ वटा बिकास बैंक र ४ वटा फाईनान्स कम्पनीहरुलाई कारवाही गरेको छ । कारवाहीमा पर्नेमा क्षेत्रियस्तारका बिकास बैंक र राष्ट्रियस्तरका फाईनान्स कम्पनीहरु रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा तोकिएको अनुपातमा कर्जा तथा निक्षेप अनुपात, बिपन्न बर्ग कर्जा प्रवाह नगरेको आधारमा ति बिकास बैंक तथा फाईनान्स कम्पनीहलाई कारबाही गरिएको राष्ट्र बैंकको भनाई छ । कारवाहीमा परेका बैंकहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट, सप्तकोसी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक र कर्णाली विकास बैंक रहेका छन् । सो मध्ये कर्पोरेट, सिन्धु, नारायणी र सप्तकोशीलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेको एवं साल्पा र कर्णालीलाई भने बिपन्न बर्गमा तोकिएको कर्जा प्रवाह नगरेको आधारमा हर्जाना तिराएको हो, राष्ट्र बैंकले भनेको छ ।
फाईनान्सतर्फ भने नेपाल फाईनान्स, जानकी फाईनान्स, समृद्धि फाईनान्स र प्रोग्रेसिभ फाईनान्सलाई कारावाही गरिएको राष्ट्र बैंकको भनाई छ । स्थलगत सुपरीवेक्षणको क्रममा तोकिएको अनुपातमा निक्षेप तथा कर्जा अनुपात, बिपन्न बर्ग कर्जा, तरलता अनुपात कायम नगरेको आधारमा ति फाईनान्स कम्पनीहरुलाई कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।