Kath khabar
फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा पक्राउ 


                                   काठमाडौं, माघ ५ ।  फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी १९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-५ सतुङ्गल बस्ने तनहुँ शुक्लागण्डकी नगरपलिका-८ घर भएका ४६ वर्षीय तेजेन्द्र महतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

महतले वैदेशिक रोजगारीमा फ्रान्स जानको लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्छ, फ्रान्स पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा फ्रुटकिपिङको काम लागइदिन्छु, आकर्षक कमाई हुन्छ भन्दै प्रलोभनमा पारी ३ जना पीडितहरुबाट जम्मा १९ लाख रुपैयाँ ठगी गरेको भन्ने वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपलिका-५ सतुङ्गलबाट उनलाई पक्राउ गरेको हो । 
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

 

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update