Kath khabar
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ 


                                          काठमाडौं, माघ ५ ।  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-५ घरभई काठमाडौं महानगरपालिका-६ बस्ने ५७ वर्षीय एक राज दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७८ फागुन १३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३५ दिन कैद र १ करोड ४० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो । आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको ३ थान चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update