काठमाडौं, माघ ५ । नेप्से बढेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से आज साताको अन्तिम कारोबार दिन आज बिहिबार भने नेप्से पाँच दशमलव ७१ अंकले बढेर २१ सय ७८ दशमलव ८१ अंकमा चढेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आज एशेयरक दशमलव १५ अंकले बढेर चार सय १५ दशमलव पाँच अंकमा चढेको छ । आज दुई सय ४६ वटा कम्पनीहरुको ५८ हजार छ सय ६५ पटकको कारोबारमा ८२ लाख ४७ हजार छ सय ४६ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब चार करोड ४५ लाख २९ हजार तीन सय २९ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये वाणिज्य बैंक, जलबिद्युत, निर्जिवन बीमा, लगानी, सामुहिक लगानी कोष र ट्रेडिङ समुहको सूचक बढेर हरियो भएको छ भने बिकास बैंक, फाईनान्स, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र अन्य समुहहरुको सूचक घटेर रातो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज कृषि बिकास बैंक, नविल व्यालेन्स फण्ड-३, पिपुल्स हाईड्रो पावर लिमिटेड आदिको शेयर मुल्य बढेका छन् भने कुमारी धनबृद्धि योजना, ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीम भने एनआईसी एशिया बैंक, रिडी हाईड्रो पावर कम्पनी, पिपुल्स हाईड्रो पावर लिमिटेड आदि परेका छन् ।