विमानस्थलमा भिजिविलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान प्रभावित
मलेसियाबाट आएको विमान भारतको कोलकत्ता र बाँकेबाट आएको विमान झापाको चन्द्रगढी डाइभर्ट
काठमाडौं, माघ ६ । काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिविलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान दुवै प्रभावित बनेको छ । आज बिहान बाँकेबाट काठमाडौंका लागि उडेको श्री एयरको जहाज झापाको चन्द्रगढी अवतरण भएको छ ।
त्यस्तै मलेसियाको क्वालालाम्पुरबाट नेपाल आएको नेपाल एयरलाइन्सको आरए-४१६ विमान पनि काठमाडौंमा अवतरण हुन नसकेपछि भारतको कोलकत्ता डाइभर्ट गरिएको छ ।
आज बिहानैदेखि भिजिविलिटी कम भएकोले अवतरण हुन नसकेको विमानस्थल स्रोतले जनाएको छ । यतिबेला काठमाडौंको भिजिविलिटि १६०० छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९ ११:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय