काठमाडौं, चैत ३१ । दक्षिण अफ्रिकाले पाकिस्तानसँग दोसा्रे टि–ट्वान्टी खेल ६ विकेटले जितेको छ । यो नतिजा पछि चार खेलको सिरिजमा एक एकको बराबरी भएको छ ।
जोनासबर्गमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान निर्धारित २० ओभरमा ९ विकेट गुमाइ एक सय ४० रनमा समेटियो । जर्ज लिन्डले सुरुवाती तीन महत्वपुर्ण सस्तैमा लिएपछि पाकिस्तानको पारी धरासय ीबनेको हो ।
खराब सुरुवात गरेको पाहुना टोली पाकिस्तानले १० रन बनाउँदा दुइ विकेट गुमाएको थियो । त्यसपछि आएका कप्तान बाबर अजामले मोहम्मद हाफिजसँग मिलेर पारीलाई उकासेपछि पाकिस्तानले सम्मानजनक योगफल बनाएको हो ।
अजामले ५० रनको पारी खेल्दा हाफिजको ३२ रनको योगदान रह्यो । बाँकी खेलाडीमा गतिलो साझेदारी हुन नसक्दा पाकिस्तान सस्तैमा समेटिएको हो । उसका सात खेलाडीले दोहोरो रन बनाउन सकेनन् । जर्ज लिन्ड र लिजाड विलियम्सले तीन तीन विकेट लिए । जवाफमा एक सय ४१ रनको झिनो लक्ष्य अफ्रिकाले १४ ओभरको समाप्तीमा मात्र चार विकेट गुमाएर पुरा गर्यो । एइडेन माक्र्रमले ५४ रन बनाए । हेनरिक क्लाशनको ३६ तथा लिन्डको २० रनको योगदान रह्यो ।