खेलकुद
सुष्मा तामाङ यू-२२ एसियन बक्सिङ च्याम्पियनसिपको फाइनलमा
सुष्माले अब स्वर्ण पदकका लागि फाइनलमा उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग भिडन्त गर्ने छिन्। फाइनल खेल बुधबार हुनेछ
काठमाडौं, माघ ८ । नेपाली बक्सर सुष्मा तामाङ यू-२२ एसियन बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकी छिन्।
थाइल्यान्डमा जारी एएसबिसी यू-२२ एसियन बक्सिङ च्याम्पियनसिपमा उनले ४५-४८ केजी तौल समूहको अन्तिम २ मा स्थान सुरक्षित गर्दै कम्तीमा रजत पदक पक्का गरेकी हुन्।
एसियाली च्याम्पियनसिपमा नेपालले रजत पदक जित्न लागेको यो इतिहासमै पहिलो पटक भएको नेपाल बक्सिङ संघले जनाएको छ।
आइतबार भएको सेमिफाइनल खेलमा उनले मंगोलियाकी खेलाडीलाई आरएससीका आधारमा हराइन्।
सुष्माले अब स्वर्ण पदकका लागि फाइनलमा उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग भिडन्त गर्ने छिन्। फाइनल खेल बुधबार हुनेछ।
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९ १६:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय