काठमाडौं, माघ ९ । नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन्।
गत महिना सम्पन्न पहिलो संस्करणको नेपाल टी-२० लिग प्रतियोगितामा म्याच फिक्सिङ्ग गरेको आरोपमा पूर्व क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहम्मद आदिल अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले सोमबार बिहान उनीहरुलाई पक्राउ गरेको हो । स्रोतका अनुसार अन्य क्रिकेटरहरुलाई पनि पक्राउ गर्ने तयारी गरिएको छ । लिगको दौरान स्पट तथा म्याच फिक्सिङ्ग भएको सूचना बाहिरीपछि लिग नै आलोचित बन्न पुगेको थियो ।
नेपाल टि २० लिगमा जनकपुर रोयल्सबाट खेलेका आदिल अन्सारीले खेलको दौरानमा उनले फ्ँयालेको एक नो बल चर्चामा रहँदै आएको थियो । आदिलले फार वेस्ट युनाइटेडविरुद्ध छैटौं ओभरको फ्याँलेको नो बलले उनीमाथि शंका बढ्दै गएको थियो ।
टी-२० लिग प्रकरणमा पक्राउ परेका र पक्राउ पर्ने शंकामा रहेका खेलाडी तथा सम्बन्धित व्यक्तिलाई केहि वर्षको जेल सजायसँगै जरिवाना समेत लाग्न सक्नेछ ।