काठमाडौं, जेठ २३ । सरकारले सार्वजनिक संस्थानमा गरेको लगानी फाइदाजनक हुन सकेको छैन । मुलुकभर ४४ ओटा सार्वजनिक संस्थानमा सरकारले गरेको लगानी प्रत्युपादक हुन सकेको छैन । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७८मा व्यापारिक, सेवा, जनोपयोगी, वित्तीय क्षेत्रले लाभांश प्रदान गर्दा औद्योगिक र सामाजिक क्षेत्रले भने लाभांश दिन सकेको पाइदैन ।
पछिल्लो पाँच आर्थिक वर्ष (२०७२/७३ देखि २०७६/७७) मा सार्वजनिक संस्थानका ६ ओटा क्षेत्र मध्ये ४ ओटा क्षेत्रले लाभांश दिन सफल भएको छ । सार्वजनिक संस्थानका व्यापारिक, सेवा, जनोपयोगी, वित्तीय, औद्योगिक र सामाजिक गरी ६ वटा क्षेत्र रहेका छन् । आर्थिक वर्ष २०७६/७७ को संशोधित कुल र्गाहस्थ उत्पादन ३९ खर्ब १४ अर्ब ७० करोडमा सार्वजनिक संस्थानको कुल सञ्चालन आयको अनुपात १०.९५ प्रतिशत रहेको छ ।
नेपाल सरकारले गरेको शेयर लगानीको प्रतिफलस्वरुप सम्बन्धित सार्वजनिक संस्थानबाट लाभांश प्राप्त हुने गर्दछ । यस्तो लाभांश रकम आर्थिक वर्ष २०७२/७३ मा ७ अर्ब ८१ करोड १४ लाख रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा आइपुग्दा १४ अर्ब नौ करण ९५ लाख रुपैयाँ छ । यसरी हेर्दा विगत ५ वर्षमा लाभांश रकम उल्लेख्य वृद्धि भएको देखिन्छ । तर, कुल शेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०७६/७७ मा ४.८८ प्रतिशतमात्र प्रतिफल प्राप्त भएको छ । लभांश कुल ५ ओटा सार्वजनिक संस्थानबाट मात्र प्राप्त भएको र यसको ४३.८२ प्रतिशत नेपाल दूरसञ्चार कम्पनी लिमिटेड तथा ३६.५७ प्रतिशत नेपाल आयल निगम लिमिटेडबाट प्राप्त भएको छ ।
विगत पाँच आर्थिक वर्ष अवधि मध्ये आर्थिक वर्ष २०७२/७३ मा सार्वजनिक संस्थानका सेवा क्षेत्रबाट ४२ लाख, जनोपयोगी क्षेत्रबाट छ अर्ब ८६ करोड २० लाख, वित्तिय क्षेत्रबाट ९४ करोड ५१ लाख गरी कुल ७ अर्ब ८१ करोड १४ लाख लाभांश प्राप्त भएको छ ।
आर्थिक वर्ष २०७३/७४ मा व्यापारिक क्षेत्रबाट १४ करोड ५४ लाख, सेवा क्षेत्रबाट ८१ लाख, जनोपयोगी क्षेत्रबाट छ अर्ब ९९ करोड ९२ लाख, वित्तीय क्षेत्रबाट ६२ करोड ४२ लाख गरी कुल सात अर्ब ७७ करोड ७० लाख लाभांश प्राप्त भएको छ ।
यस्तै आर्थिक वर्ष २०७४/७५ मा सेवा क्षेत्रबाट एक अर्ब ६४ करोड ३१ लाख, जनोपयोगी क्षेत्रबाट सात अर्ब ५४ करोड ८१ लाख, वित्तीय क्षेत्रबाट ७० करोड ३६ लाख गरी कुल नौ अर्ब ८९ करोड ४८ लाख रुपैयाँ लाभांश प्राप्त भएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा व्यापारिक क्षेत्रबाट ५६ करोड पाँच लाख, सेवा क्षेत्रबाट ३८ करोड २३ लाख, जनोपयोगी क्षेत्रबाट सात अर्ब ५४ करोड ८२ लाख, वित्तीय क्षेत्रबाट ९७ करोड ९९ लाख गरी कुल नौ अर्ब ४७ करोड १० लाख लाभांश प्राप्त भएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा भने व्यापरिक क्षेत्रबा पाँच अर्ब १५ करोड ४७ लाख, सेवा क्षेत्रबाट २५ करोड ७४ लाख, जनोपयोगी क्षेत्रबाट छ अर्ब १७ करोड ७७ लाख, वित्तीय क्षेत्रबाट दुई अर्ब ५० करोड ९७ लाख गरी कुल १४ अर्ब नौ करोड ९५ लाख लाभांश प्राप्त भएको छ ।
यस्तै सोहि पाँच आर्थिक वर्षको अवधिमा औद्योगिक र सामाजिक क्षेत्रबाट (शून्य प्रतिशत) लाभांश प्राप्त भएको छैन । गत आर्थिक वर्षमा सार्वजनिक संस्थानहरुको ४ क्षेत्रबाट ४८.८७ प्रतिशतले लाभांशमा वृद्धि भएको पाउन सक्छौ जुन २०७२/७३ मा २०.९५ प्रतिशत रहेको थियो ।
व्यापरिक क्षेत्रका संस्था शतप्रतिशत नाफामा
गत आर्थिक वर्षमा ४२ वटा सार्वजनिक संस्था मध्ये वित्तिय क्षेत्रका शतप्रतिशत सार्वजनिक संस्थानहरु शतप्रतिशत लाभांश कमाउन सफल भएका छन् । वित्तीय क्षेत्र अन्र्तगतका कृषि विकास बैंक लि., राष्ट्रिय बीमा संस्थान (जीवन), राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय वाणिज्य बैंक लि, निक्षेप तथा कर्जा सुरक्षण कोष, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, नगरिक लगानी कोष, हाइड्रोईलेकटृसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि., नेपाल बैंक लि तथा नेपाल विद्युत प्राधिकरण, दुरn सञ्चार प्राधिकरण, आयल निगम लगायतका संस्थानहरुले गत आर्थिक वर्षमा नाफा कमाएका छन् । सार्वजनिक संस्थान अन्तर्गत गत आर्थिक वर्षमा प्रत्यक्ष रुपमा २८ हजार तीन सय ६४ जना रोजगारीमा आवद्ध भएको पाइन्छ भने सो मध्ये सबैभन्दा बढी जनोपयोगी क्षेत्रका संसथनमा १३ हजार चार सय चार जना (४७.२६ प्रतिशत) र सबैभन्दा कम व्यापारिक क्षेत्रका संस्थानमा १२ हजार ७९ जना (४.५१ प्रतिशत) रहेको छ ।
संस्थान नाफा / नोक्सान (रकम लाखमा)
दुग्ध विकास संस्थान -१५८१
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लि १२२
हेटौंडा सिमेन्ट उद्योग -१७६४
जनकपुर चुरोट कारखाना लिमिटेड -१९
नेपाल औषधि लि. -७६५
उदयपुर सिमेन्ट उद्योग -३३३६
नेपाल ओरिण्ड म्याग्नासाइट -१४८८
बुटवल धागो कारखाना लि. -३४४
नेपाल मेटल कम्पनी लि. -४१
धौवादी फलाम कम्पनी लि. ७०
कृषि सामग्री कम्पनी लि. १०५१
खाद्य व्यवस्था तथा व्यापार कम्पनी ७०८
नेपाल आयल निमग १२९१४८
नेपाल वन निगम लि. -९७७
औद्योगिक क्षेत्र व्यवस्थापन लि. ११२१
नेपाल पारवहन तथा गोदाम व्यवस्था २७१
नेपाल वायुसेवा निगम -३८९८३
राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लि. -१३७
नेपाल नागरिक उड्डयान प्राधिकरण २५२५८
नेपाल पूर्वाधार निर्माण कम्पनी लि. -९
साझा यातायत सहकारी संस्था लि. २४६६
नेपाल रेल्वे कम्पनी लि. -७३
बिशाल बजार कम्पनी १३१४
सांस्कृतिक संस्थान -२९०
गोरखापत्र संस्थान २०२
जनक शिक्षा समाग्री केन्द्र लि. -६१०
नेपाल टेलिभिजन -२०६३
राष्ट्रिय आवास कम्पनी लि. -२६५
नेपाल खानेपानी संस्थान -३५६९
नेपाल विद्युत प्राधिकरण ११०३८५
नेपाल दुरसञ्चार कम्पनी लि. ९७४९०
विद्युत उत्पादन कम्पनी लि. ४२१
राष्ट्रिय प्रशारण ग्रिड कम्पनी १५४०
कृषि विकास बैंक लि. ३३३१८
राष्ट्रिय बीमा संस्थान (जीवन) ५९१
राष्ट्रिय बीमा कम्पनी लि. ६३८६
राष्ट्रिय वाणिज्य बैंक लि. ४३७७३
निक्षेप तथा कर्जा सुरक्षण कोष १८७११
नेपाल स्टक एक्सचेन्ज लिमिटेड ३३६९
नगरिक लगानी कोष २७९२९
हाइड्रोईलेकटृसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. १०२८१
नेपाल बैंक लि. २३३२९