काठमाडौं, माघ ११ । बानेश्वरको संसद भवन अगाडी आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको मृत्यु भएको छ । उनको मृत्युपश्चात् विश्वभरबाट सहयोग गर्नेहरुको ओइरो लागेको छ । यतिबेला आचार्यका श्रीमतीको बैंक खातामा रकम जम्मा गर्ने अभियान सुरु भएको छ ।
बैंकको ऋण तिर्न नसकेपछि आत्मदाह गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो । उनको मृत्युपश्चात् सामाजिक संजालमा उनका श्रीमती ननुका अधिकारीको खातामा रकम जम्मा गर्न अभियान सुरु भएको हो ।
आचार्यको मृत्युपश्चात् सामाजिक संजालहरुमा उनकी श्रीमतिको खाता नम्बर सार्वजनिक गरि सहयोग गर्न अपिल समेत गरिएको छ । विश्वभरबाट यतिबेला उनकी श्रीमतिको खातामा ब्यालेन्स ट्रान्सफर गरिएको ‘स्क्रिन सट’ सामाजिक संजालहरुमा सार्वजनिक भएका छन् ।