Kath Khabar
अनेरास्ववियूले जलायो शिक्षामन्त्री खनालको पुत्ला


                  काठमाडौं, माघ १३ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको पुत्ला जलाएको छ। शिक्षामन्त्री खनाल भ्रष्ट भएको आरोप लगाउँदै अनेरास्ववियूले शुक्रबार बिहान प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि खनालको पुत्ला जलाएका हुन् ।

शिक्षामन्त्री खनालले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेपछि निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घुस खानका लागि यस्तो निर्णय गरेको र यो निर्णयले झनै विद्यार्थीहरुलाई महंगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने भन्दै विद्यार्थी नेताहरुले बिरोध जनाएका छन् ।

खनालले निजी क्षेत्रलाई पोस्ने काम गरेको र गरिब विद्यार्थीलाई डस्ने काम गरेको अनेरास्ववियूको आरोप छ । आन्दोलित विद्यार्थीहरुले शिक्षामन्त्री खनालको राजीनामा समेत मागेका छन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update