Kath khabar
एक हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य

 

          काठमाडौं, माघ १३ । बिहीबार हालसम्मकै उच्च रेकर्ड बनाएको सुनको भाउमा शुक्रबार भने गिरावट आएको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार छापावाल सुन रु एक हजार एक सय रुपैयाँले घटेर प्रतितोला रु एक लाख पाँच हजार आठ सय तोकिएको छ।  

त्यस्तै, तेजावी सुन आज एक लाख पाँच हजार तीन सय रुपैयाँ तोकिएको छ। यसअघि भने एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ भने स्थिर नै रहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु एक हजार तीन सय असी रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update