काठमाडौं, माघ १५ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह 'बालेन' ले तोकिएको समयमा निर्वाचन खर्च विवरण नबुझाएपछि फागुन मसान्तभित्र जरिवाना तिर्नका लागि समय दिएको छ । उक्त समयभित्र जरिवाना नतिरे पद खारेज हुने आयोगले जनाएको छ।
निर्वाचन आयोग ऐनको दफा २६ को उपदफा १ मा तोकिएको अवधिमा खर्च विवरण पेन नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई निजले गरेको खर्च वा आयोगले निर्धारण गरेको खर्चको मध्ये जुन बढी हुन्छ सोही बराबरको जरिवाना तिर्नुपर्ने प्रावधान छ । मेयर बालेन जरिवाना नर्तिने अडानमै रहेका छन् ।
शाहले मङ्सिर २८ गते जरिवाना मिनाहाको माग राखेर निर्वाचन आयोगमा निवेदन दिएका थिए । शाहले फेसबुकमा ३ लाख ९४ हजार खर्च भएको उल्लेख गरेका थिए ।
यस्तै आज काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै महानगरविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ ।