समाज दर्पण
जुम्ला र मुगुका बासिन्दा भूकम्प जाने हल्लापछि रातभर कठ्याग्रिंदो चिसोमा
जुम्ला सदरमुकाममा माइनस डिग्री कठ्याग्रिंदो चिसोमा घर बाहिर निस्केर आगो बालेर बसिरहेका छन् । मानिसहरुले दुःख पाएपछि स्थानीय प्रशासनको आदेशमा प्रहरीले भ्रामक सूचना फैलाउने व्यक्तिको खाजी सुरु गरेको छ
जुम्ला, माघ १६ । भूकम्प जान्छ भन्ने हल्ला भएपछि जुम्ला र मुगुमा बासिन्दा रातभर सडकमा जाग्राम गरेका छन् ।
जुम्ला सदरमुकाममा केही मानिसहरु घर बाहिर निस्केर आगो बालेर बसिरहेका छन् । मानिसहरुले दुःख पाएपछि स्थानीय प्रशासनको आदेशमा प्रहरीले भ्रामक सूचना फैलाउने व्यक्तिको खाजी सुरु गरेको छ ।
जुम्लाको माइनस डिग्री कठ्याग्रिंदो चिसोमा मानिसिहरु भूकम्प आउँदैछ भन्ने हल्लाले बाहिर बस्न बाध्य भए । भूकम्प आउने कुरा भ्रामक हो भनेर कतिपयले सामाजिक संजालमा सकारात्मक सन्देश पनि दिइरहेका छन् ।
भूकम्प आउँदैछ भन्नेबारे स्थानीय प्रशासनलाई समेत टेलिफोन आइरहका छन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले आफूलाई रातभर फोन आएर हैरान बनाएको बताए ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९ ११:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय