Kath khabar
अब मोबाइल बैंकिङबाट दैनिक ३ लाखसम्म कारोबार गर्न पाइने

 

                              काठमाडौं, माघ १७ ।  नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ हुने कारोबारको सिमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७९ जारी गर्दै भुक्तानी सिमा बढाएको हो । अब मोबाइल बैंकिङ (एप, क्युआर) बाट दैनिक ३ लाखसम्मको कारोबार गर्न सकिने छ । यसअघि मोबाइल बैंकिङबाट प्रतिदिन २ लाखसम्म कारोबार गर्न सकिने व्यवस्था थियो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरू प्रसाद पौडेलले विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्न कारोबार सिमा बढाएको जानकारी दिए । 

त्यस्तै मोबाइल वालेटबाट पनि प्रतिदिन २ लाखसम्म कारोबार गर्न सकिने छ । बैंकबाट खाताबाट वालेटमा प्रतिदिन २ लाख, वालेटबाट अन्य बैंक खातामा २ लाख र १ वालेटबाट अर्को वालेटमा ५० हजार रकम पठाउन सकिने छ ।

यसअघि भैंक खाताबाट वालेटमा र वालेटबाट अन्य बैंकखातामा प्रतिदिन १ लाखसम्म कारोबार गर्न सकिने व्यवस्था थियो ।

वालेटमा १ दिनमा बढीमा १० पटकसम्म मात्रै रकम जम्मा गर्न सकिने छ । साथै वालेटबाट वालेट प्रयोगकर्ताको आफ्नै बैंक खाता (वालेटमा लिंक गरिएको) मा रकमान्तर गर्दा सिमा लागु हुने छैन् । राष्ट्र बैंकले नयाँ निर्देशिका सँगै प्रतिकारोबारको सिमा समेत हटाएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update