काठमाडौं, माघ १७ । नेप्से घटेको छ । आज मंगलबार नेप्से १५ दशमलव ७० अंकले घटेर २१ सय ११ दशमलव ६८ सीमित हुन पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३६ अंकले घटेर चार सय दशमलव ६२ अंकमा सीमित हुन पुगेको छ । आज नेप्सेमा दुई सय ५९ वटा कम्पनीहरुको ५३ हजार आठ सय ७८ पटकको कारोबारमा ७५ लाख ५३ हजार दुई सय ३५ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ८२ करोड ४५ लाख ४० हजार चार सय छ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा जलविद्युत समुहको सूचक झिनो अंकले बढेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ समुहहरूको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज आदर्श लघुवित्त वित्तीय संस्था, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनी आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा प्राइम लाइफ इस्न्योरेन्स कम्पनी, गुराँस लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, स्वेत गंगा हाईड्रो पावर कम्पनी आदि परेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भन रिडी हाइड्रो पावर कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।