काठमाडौं, माघ १७ । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकमा क्यान अध्यक्ष चतुर बहादुर चन्दको राजीनामा माग भएको छ।
पोखरामा जारी क्यानको बोर्ड बैठकमा असन्तुष्ट पक्षले नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाई मंगलबार राजीनामा माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । ७ केन्द्रीय सदस्यहरुले अध्यक्षसहित कार्यसम्पादन समितिका प्रशान्त विक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काको पनि राजीनामा माग गरेका छन् । राजीनामा मागको पत्र बुझाएपछि ७ केन्द्रिय सदस्यले बैठक समेत बहिस्कार गरेका छन् ।
क्यान बोर्ड बैठकमा १७ वटा एजेन्डामा छलफल हुनेछ । पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषय छलफलको एजेन्डामा छ। तर असन्तुष्ट पक्षले राजीनामा मागेका कारण लामिछाने लगायतका एजेन्डामाथि छलफल हुन सकेको छैन।