Kath khabar
क्यानद्धारा सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा

 

              काठमाडौं, माघ १८ ।  नाबालिग करणी अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

पोखरामा हिजो बसेको क्यान बोर्ड बैठकले सन्दीपमाथि लागेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । निलम्बन फुकुवा भएपनि उनी तत्काल राष्ट्रिय टिममा भने पर्ने छैनन् ।

केही समयअघि उच्च अदालत पाटनले २० लाख धरौटीमा सन्दीपलाई थुनामुक्त गर्न आदेश दिएको थियो । तर उनलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै मंगलबार महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update