क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट दिए राजीनामा
काठमाडौं, माघ १८ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिनुभएको छ ।
नेपाल टि-२० लिगमा विवाद, फिक्सिङ, समयमै खेलाडीले पैसा नपाएको कारण चौतर्फी आलोचनापछि मल्लले पोखरामा भएको बोर्ड बैठकमा मंगलबार राजीनामा दिनुभएको हो । मल्ल २०७६ असोज ११ मा क्यानको निर्वाचनबाट केन्द्रिय सदस्यमा नियुक्त हुनुभएको थियो ।
क्यानकै ६ केन्द्रीय सदस्यले नेपाल टी-ट्वान्टी लिगमा भएका विविध गल्तीको जिम्मेवारी लिदै अध्यक्षसहित कार्यसम्पादन समितिको राजीनामा माग गर्दै पत्र बुझाएका थिए ।
मल्ल नेपाल टी-ट्वान्टी लिग गर्भनिङ काउन्सिलका अध्यक्ष पनि हुनुहुन्छ । त्यस्तै बोर्ड बैठकले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९ १०:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय