सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलियो
काठमाडौं, माघ १७ । सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । हिजो मंगलबारदेखि ढल फुटेर सडकमा फैलिदा सडकमै हिलाम्मे देखिएको छ । जुन अहिलेसम्म सफा गरिएको छैन ।
अनामनगरदेखि घट्टेकुलो चोकसम्मै सडक फोहोर भएको छ । सडकको कुनामा ढलको पानी जम्दा सडक आवागमन प्रभावित हुनुका साथै पैदल यात्रीले सास्ती भोग्नु परेको छ । सिंहदरबारको पूर्वी गेट वरपरका स्थानीय बासिन्दा पनि ढलको दुर्गन्धले समस्यामा परेका छन् ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९ ११:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय