Kath khabar
बैंक तथा फाईनान्स कम्पनीहरुलाई राष्ट्र बैंकको लगानी अफर

काठमाडौं, जेठ २३ । बैंक तथा फाईनान्स कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकले लगानीको अफर गरेको छ । राष्ट्र बैंकले आज आईतबार बैंक तथा फाईनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दे तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा एक अर्ब ७८ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि अफर गरेको हो ।

राष्ट्र बैंकका अनुसार यस्तो लगानीको अवधि २०७८ असार एक गतेदेखि विसं २०७९ असार एक गतेसम्मको तोकिएको छ । लगानीको लागि छुट्याईएको कुुल रकम मध्येमा वाणिज्य बैकहरुको लागि एक अर्ब ४२ करोड ४० लाख, विकास बैंकहरुको लागि २६ करोड ७० लाख र फाईनान्स कम्पनीहरुको लागि आठ करोड ९० लाख रुपैयाँ छुट्याईएको छ । रकम लगानी गर्न चाहने बैंक तथा फाईनान्स कम्पनीहरुले यही जेठ २५ गते साँझ पाँच बजेसम्म नेपाल राष्ट्र बैंकमा आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याज समेत उल्लेख गरेर प्रस्ताव पेश गर्नुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुपर्ने लगायतका न्युनतम शर्तहरु तोकिएका छन् ।   

 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update