बजार
आईओसीबाट बढेर आयो इन्धनको मूल्य
बढेर आएको मूल्यमा पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा भएको निगम स्रोतले जनाएको छ । स्रोतका अनुसार नेपालमा मूल्य समायोजन नगर्ने हो भने अबको १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ घाटा पर्नेछ
काठमाडौं, माघ १८ । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको मूल्य बढाएर पठाएको हो ।
बढेर आएको मूल्यमा पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा भएको निगम स्रोतले जनाएको छ । स्रोतका अनुसार नेपालमा मूल्य समायोजन नगर्ने हो भने अबको १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ घाटा पर्नेछ । विगत ४ महिनासम्म निगम नाफामा रहँदै आएको थियो ।
विगतमा परेको घाटाका कारण निगमले सरकारबाट ७ अर्ब ऋण लिएको छ । अन्तर्राष्ट्रिय बजारमा विगत एक महिनामा कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ८ अमेरिकी डलरले बढेको छ ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९ १५:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय