Kath khabar
क्यानको बोर्ड बैठकमा १३ निर्णयहरु पारित


                 काठमाडौं, माघ १८ । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले १३ निर्णयहरु पारित गरेको छ । मंगलबार पोखरामाअध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा बसेको बोर्ड बैठकले १३ निर्णय गरेको हो ।

बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवादेखि नेपाल टी-२० लिगको गभर्नीङ काउन्सिल विघटन, खेलाडीको सेन्ट्रल कन्ट्याक, नेपालले एशियन क्रिकेट काउन्सिल (एसिसी) को एकदिवसीय प्रिमियर कप आयोजना गर्ने लगायतका विषयहरुमा निर्णय गरेको छ ।

यस्तै कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले दिएको राजीनामा स्विकृत गरिएको छ भने नयाँ कार्यवाहक सचिवको जिम्मेवारी दुर्गाराज पाठकलाई दिइएको छ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update