Kath khabar
नेप्सेमा झण्डै पाँच अंकले वृद्धि


                 काठमाडौं, माघ १८। नेप्से बढेको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार भने चार दशमलव ९७ अंकले बढेर २१ सय १६ दशमलव ६५ अंकमा चढेको छ ।

यसैगरी सेन्सिटिभ पनि शुन्य दशमलव ५३ अंकले बढेर चार सय एक दशमलव १६ अंकमा चढेको छ । नेप्सेमा आज दुई सय ६१ वटा कम्पनीहरुको ३६ हजार आठ सय ७९ पटकको कारोबारमा ५० लाख २४ हजार तीन सय ८१ कित्ता  खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब ७६ करोड ७० लाख ५१ हजार नौं सय १६ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, जलविद्युत, होटल तथा पर्यटन र उत्पादमुलक सहितका आठ वटा समुहको सुचक बढेका छन् भने लघुवित्त, ट्रेडिङ, लगानी, सामुहिक लगानी कोष र अन्य सहितका पाँच वटा समुहको सुचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज आर्दश लघुवित्त वित्तीय संस्था, इस्टर्न  हाईड्रो पावर कम्पनी, दिब्येश्वरी हाईड्रो पावर कम्पनी आदिको मूल्य बढेका छन् भने एनआईबिएल समृद्धि फण्ड २, बाराही हाईड्रो पावर कम्पनी, कुमारी धनबृद्धि योजना, गुराँस लाईफ इन्स्योरेन्स कम्पनी, सगरमाथा इन्स्योरेन्स कम्पनी आदिको  मुल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल बैंक, रिडी हाईड्रो पावर कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, अपी पावर लिमिटेड आदि परेका छन् ।  

 

 

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update