काठमाडौं, माघ १८ । नेपालमा पहिलोपटक "दक्षिण एसिया ट्रान्सजेन्डर सम्मेलन" सम्पन्न भएको छ। एसिया प्यासिफिक ट्रान्सजेन्डर नेटवर्क (एपिटिएन) ले ब्लु डायमन्ड सोसाइटी (नीलहिरा समाज) सँगको सहकार्यमा काठमाडौंमा ५ दिन सम्मेलन सम्पन्न गरेको हो।
सम्मेलनमा "रिइम्याजिनिङ द फ्युचरः ट्रान्स एण्ड जेन्डर डाइभर्स पिपल्स कन्भेनिङ" शीर्षकमा छलफल गरिएको थियो। एपिटिएनले आयोजना गरेको सम्मेलनमा ४० भन्दा बढी पारलैंगिक महिला र पारलैंगिक पुरूषको सहभागिता थियो। सहभागीहरूले पहिचानका कारण भएको हिंसा, स्वास्थ्यका बारेमा छलफल गरेका थिए।
एपिटिएनले दक्षिण एसियाका पारलैंगिक व्यक्तिहरूको हक, अधिकारका लागि विभिन्न परियोजना सहित काम गर्छ। यो संस्थाले पारलैंगिक तथा ट्रान्स/वुमन र म्यानका लागि मात्र काम गर्ने कार्यकारी निर्देशक जो वङ बताउँछन्।
ट्रान्स अधिकारको अवस्था साझा गर्न र छलफल गर्न तिनीहरूको प्रामाणिक आत्म बन्न सक्ने उनले बताए।
उनले सम्मेलनमा यसो भने, "यसरी हामीले सांस्कृतिक, राजनीतिक र पहिचान विविधतालाई प्रोत्साहन र अँगालेर हाम्रो सन्दर्भ भित्र बलियो आन्दोलनहरू निर्माण गर्न जारी राख्छौं।"
संस्थाले भारत, पाकिस्तान, भुटान, श्रीलंका, बंगलादेश र नेपालमा रहेका पारलैंगिक अभियान्ताहरूसँग सहकार्य गरी परियोजना तयार पारिरहेको नीलहिरा समाजकी निर्देशक मनिषा ढकालले जानकारी दिइन्।
स्वास्थ्य सेवामा पहुँच, कानुनी रूपमा लिंग पहिचान, द्वन्द्वका क्षेत्रहरूमा ट्रान्सजेन्डर बसाइँसराइ र घृणित अपराध क्षेत्रहरूमा ट्रान्सजेन्डर अधिकारका मुद्दाहरूलाई दबाउन नदिने जस्ता मानवअधिकारको विषयबारे सम्मेलनमा गम्भीर रूपमा छलफल भएको ढकालले बताइन्।
सम्मेलनले पारलैंगिक व्यक्ति र लैंगिक विविधता भएका व्यक्तिहरूको वास्तविक समस्या र चुनौतीहरूलाई उर्जागर गर्न सहयोग मिलेको समेत ढकालले बताएकी छन्।
सम्मेलनमा नर्वेका राजदूत टोरुन द्रमदलले पारलैंगिक व्यक्तिको पहिचानलाई सम्मानजनक स्वीकार गर्नुपर्ने बताएकी थिइन्। लैंगिक विविधता भएका व्यक्तिलाई देशले स्वतन्त्र तरिकाले बाँच्न दिनुपर्ने टोरुनले बताइन्।