रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको बैठक, सरकारबाट बाहिरिने संकेत
काठमाडौं, माघ १९ । रास्वपाले आज बिहीबार अपराह्न साढे ४ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। दिउँसो ३ बजेका लागि निर्धारित बैठक अपराह्न साढे ४ बजेलाई सारिएको हो ।
स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने संकेत गरेको छ। आजको बैठकमा यहि विषयमा निर्णय हुन सक्ने बताईएको छ । सभापति रवि लामिछानेले आज मात्रै सामाजिक सञ्जाल मार्फत आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा रवि लामिछानेले आफूलाई पुनः गृहमन्त्री बनाउन आग्रह गरेपनि प्रधानमन्त्री दाहालले सर्वोच्चको फैसलाको पूर्ण पाठ नआएसम्म गृहमन्त्री दिन नसकिने जवाफ दिनुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९ १४:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय