काठमाडौं, माघ १९ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से पुरै राताम्मै देखिएको छ । अघिल्लो दिन बढेको नेप्से आज भने २२ दशमलव १२ अंकले घटेर दुई हजार ९४ दशमलव ५४ अंकमा सीमित हुन पुगेको छ ।
यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ८० अंंकले घटेर तीन सय ९८ दशमलव ३७ अंकमा सीमित हुन पुगेको छ । आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरुको ३९ हजार छ सय ४२ पटकको कारोबारमा ५८ लाख ९८ हजार नौ सय तीन कित्ता शेयर किनबेच किनबेच भएका छन भने कारोबार रकम दुई अर्ब नौ करोड ६४ लाख १९ हजार एक सय ६१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, जलविद्युत, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका सबै समुहहरूको सूचक घटेर नेप्से रातै भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज आर्दश लघुवित्त वित्तीय संस्था, मन्दाकिनी हाइड्रो पावर कम्पनी, मल्टिपर्पोज फाइनान्स आदिको शेयर मूल्य बढेका छन् भने सर्पोट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, गुराँस लघुवित्त वित्तीय संस्था, बाराही हाइड्रो पावर कम्पनी, कुमारी धनबृद्धि योजना आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने स्टान्र्डड चार्टड बैंक, एनआईसी एशिया बैंक, मल्टिपर्पोज फाइनान्स, स्टान्डर्ड चार्टड बैंक आदि परेका छन् ।