राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारबाट नबाहिरिने, निर्णयमा पुग्न दुई दिन पर्खने
काठमाडौं, माघ १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट नबाहिरिने भएको छ । आज बसेको केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले सरकारबाट नबाहिरिने निर्णय गरेको पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई दिनको समय मागेकोले राजनीतिक इमान्दारितालाई ध्यानमा राखेर दुईदिन पर्खिने पार्टीका महासचिव एवं प्रवक्ता मुकुल ढकालले बताउँनुभयो। उहाँका अनुसार दुई दिनपछि पुनः बैठक बसेर पार्टी'ले आवश्यक निर्णय लिनेछ।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९ २१:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय