सन्दीप प्रकरणमा पुनरावेदन उपर आज सुनुवाइ हुँदै
काठमाडौं, माघ २० । नाबालिग बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको पुनरावेदन उपर आज सुनुवाइ हुँदैछ ।
लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै महान्यायधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको थियो । सोही पुनरावेदनको पेसी आजका लागि तोकिएको हो ।
धरौटीमा छुटेपछि क्यानले बुधबार सन्दीपको निलम्बन फुकुवा गरिसकेको छ। यही फेब्रुअरी ९ तारिखबाट नेपाल, नामिबिया र स्कटल्यान्डको त्रिकोणात्मक सिरिजमा आयोजना हुँदैछ ।
सन्दीपलाई खेल अभ्यासका लागि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाईएको छ । उनले आजदेखि नै प्रशिक्षण थाल्ने भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९ ०९:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय