काठमाडौं, माघ २० । रोमान्टिक कमेडी फिल्म 'ह्यारी कि प्यारी' आजदेखि प्रदर्शनका आएको छ ।
जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाह शिर्ष भूमिकामा रहेको चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाल लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा जितु ह्यारी र साम्राज्ञी उनको प्यारीका रुपमा देखिनेछन् । जितु र साम्राज्ञीका साथमा केही अन्य सरप्राइज समेत रहेको निर्देशक रिजालले जानकारी दिएका छन्।
डा भोला रिजालको निर्माण रहेको चलचित्र उनका छोरा डा कपिल रिजालले लेखन तथा निर्देशन गरेका हुन् भने पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे र अभिमन्यूको रहेको छ । बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्देशक रिजाल प्रस्तुतकर्ता रहेको फिल्मको पोष्ट प्रोडक्सनको सम्पूर्ण काम मुम्बईमा गरिएको हो । सुदीप बरालको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
मंगलबार काठमाडौंमा भएको यस चलचित्रको प्रिमियरमा उपस्थित कलाकारहरुले चलचित्रका लागी सकारात्मक प्रतिक्रिया दिएका छन्।