हिजो पक्राउ परेका सांसद अरुणकुमार चौधरी जेल चलान
धनगढी, माघ १९ । प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरीलाई जेल चलान गरिएको छ।
हिजो साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज बिहान कैलाली जिल्ला अदालतमा उपस्थित गराई कैद पूर्जी लिएर धनगढी कारागारमा चलान गरिएको हो।
चौधरीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । केही समयदेखि उनी फरार सूचीमा रहेका थिए । गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी कैलाली क्षेत्र -२ बाट चौधरी निर्वाचित भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९ १२:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय